म्यानमारलाई राहत सामग्री पठाइँदै

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

Relief material being sent to Myanmar

काठमाडौँ — नेपाल सरकारले म्यानमार गएको विनाशकारी भूकम्पबाट पीडित त्यहाँका नागरिकका लागि राहत सामग्री पठाउँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार ४१ टन बराबरको राहत सामग्री लिएर नेपाल वायुसेवाको चार्टर्ड विमान बुधबार बिहान त्यसतर्फ उडान भर्दैछ ।

राहत सामग्रीमा खाद्यान्न, औषधि, त्रिपाल, टेन्ट, लत्ता कपडा, भान्साका सामग्री सहितका अत्यावश्यक सामानहरू रहेको परराष्ट्रका प्रवक्ता कृष्ण ढकालाले जानकारी दिए । यसअघि नेपालले गत साता चिकित्सकहरुको टिम म्यानमार पठाएको थियो । नेपाली सेनाको मेडिकल टिमले अप्रिल २ देखि अप्रिल १० सम्म त्यहाँ सेवा पुर्‍याउने निर्धारित छ ।

राहत सामग्री लिएर परराष्ट्रका सह सचिव तापस अधिकारी, सुरेन्द्र कुमार यादव र गृहका सहसचिव टोकराज पाण्डे सहितको टोली जान लागेका हुन् । चैत्र १५ गते म्यानमारमा शक्तिशाली भूकम्प आएको थियो । भूकम्पबाट त्यहाँ ठूलो धनजनको क्षति पुगेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully