काठमाडौँ — बल्खुमा राप्रपाले मंगलबार प्रदर्शन तथा आमसभा आयोजना गरेको छ । सभामा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका शीर्ष नेताले सम्बोधन गर्ने तालिका रहेको छ ।
यसअघि चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तीनकुनेमा गरेको सभा सुरु नहुँदै हिंसा भड्किएको थियो । त्यसैले पनि मंगलबार बल्खु क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
बल्खुनजिकै रहेको कांग्रेस कार्यालय र भाटभटेनीवरपर पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । राप्रपाले शान्तिपूर्ण रूपमा प्रदर्शन र सभा हुने जनाएको छ ।
