राष्ट्र बैंकमा पनि बिचौलिया छिरे : शेखर कोइराला

चैत्र २६, २०८१

रमेशकुमार पौडेल

Intermediaries also entered Rashtra Bank: Shekhar Koirala

चितवन — कांग्रेस नेता शेखर कोइरालाले देशको अर्थतन्त्र सम्हाल्ने राष्ट्र बैंकसमेत बिचौलियाले  चलाउन  थालेको बताएका छन् ।

मंगलबार नारायणगढमा चितवन कांग्रेसले आयोजना गरेको कार्यक्रममा  नेता कोइरालाले भने 'एक महिना पहिल्यै हुनुपर्ने राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै भा'छैन । छनोट समिति बने पनि बैठक नै बसेको छैन । बिचौलियाको चलखेलबाट राष्ट्र बैंक पनि बचेन ।' 

देश र विश्वकै अर्थतन्त्र ओरालो लागेका बेलामा सक्षम र निष्कलंक व्यक्तिलाई गभर्नर बनाउनु पर्नेमा बाटो बिराउन थालेको उनले बताए । सरकार राजनैतिक संयन्त्रले चलाउन नहुनेमा उनले जोड दिए ।

संविधान संशोधन अत्यावश्यक देखिए पनि अब कांग्रेस-एमालेले मात्रै हैन कम्तीमा संसद्का सबै दल, नागरिक समाज र कानुन विज्ञहरूको सल्लाहमा संशोधन हुनुपर्ने उनको भनाइ छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully