नेपाल बार एसोसिएसन निर्वाचनको मतगणना थालियो

चैत्र २५, २०८१

आरती पौडेल

Nepal Bar Association election counting started

काठमाडौँ — कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको २७ औं केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । देशैभरबाट मतपेटिका ल्याएर एसोसिएसनको केन्द्रीय कार्यालय रामशाहपथमा १ बजेदेखि मतगणना सुरु गरिएको हो ।

नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचान भएको थियो । बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो ।

काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र व्यवसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।

वरिष्ठ अधिवक्ता मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने महासचिव पदमा उम्मेदवार रहेका छन् । 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully