पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनीत

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

Former Vice President re-nominated as Maoist Vice President

काठमाडौँ — माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष पदमा मनोनीत गरेको छ । गत पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै उपाध्यक्ष पदमा मनोनीत गरेको हो । उनलाई उपाध्यक्षमा मनोनीत भएको विषय पार्टीका तल्लो कमिटीलाई सर्कुलर गरिएको एक नेताले बताए । 

यसअघि पुनलाई उत्पादनसम्बन्धी ब्युरोको इन्चार्जको जिम्मा दिएको थियो । उनी पार्टीको बैठकमा आमन्त्रित नेताको रुपमा उपस्थित हुँदै आएका थिए ।  

पुनले दुई कार्यकाल उपराष्ट्रपति पद सम्हालेका थिए ।  

कान्तिपुर संवाददाता

Link copied successfully