साता दिन नबित्दै अर्याल फेरि रास्वपाको कार्यवहाक सभापति

शनिबार चितवनमा हुने सभालाई शान्त र सौम्य बनाउन रास्वपाको निर्देशन

चैत्र २३, २०८१

रासस

Less than a week later, Aryal again became the acting president of RSVP

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो ।

सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको थियो। बैठकले अर्याललाई फेरि कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। 

लामिछाने गत सोमबारमात्रै पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका थिए। लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि गत पुस ८ गते उनले पार्टीको कार्यवाहक सभापति अर्याललाई दिने पत्र पठाएका थिए । उक्त प्रस्ताव पार्टीको सचिवालय बैठकले अनुमोदन गरेको थियो । त्यसयता अर्यालले नै पार्टीको कार्यभार सम्हाल्दै आएका थिए। 

शुक्रबारको सचिवालय बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको  सभालाई  शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।

रासस

Link copied successfully