तीनकुने घटनाको छानबिनका लागि राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

The RPP demanded the resignation of the Home Minister to investigate the incident

काठमाडौँ — चैत १५ गते तीनकुनेको घटना छानबिनका लागि राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै राप्रपाले निष्पक्ष छानबिनको माग गरेको हो । 

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले कार्यवाहहक प्रधानमन्त्री सिंहलाई भेटी तीनकुने र आसपासका घटनालगायतका विषयमा ध्यानाकर्षण गराएको हो । उक्त दिनको प्रदर्शन राज्य पक्षकै कारण हिंसात्मक बनेको पनि राप्रपाको भनाइ छ ।

सभामै भाग लिएकै आधारमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतलाई 'राज्यविरुद्धको अपराध' जस्तो गम्भीर प्रकृतिको मुद्दा लगाइएको भन्दै राप्रपाले आपत्तिसमेत जनाएको छ । 

The RPP demanded the resignation of the Home Minister to investigate the incidentराप्रपाले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको छ ।

छानबिनका लागि गृहमन्त्रीको राजीनामा र चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने पनि राप्रपाको माग छ । त्यस्तै मृतकहरूलाई सहिद घोषणा गर्नुका साथै नेताहरू मिश्र र राणाको रिहाइ गर्न पनि राप्रपाले माग गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully