राजावादीको प्रदर्शनबारे राज्यव्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

The State Administration Committee summoned the Home Minister about the demonstration of royalism

काठमाडौँ — राजावादीको प्रदर्शनका सम्बन्धमा राज्यव्यवस्था समितिले गृहमन्त्रीलाई बोलाएको छ । चैत २२ गते शुक्रबार ११ बजे गृहमन्त्री रमेश लेखकलाई राज्यव्यवस्था तथा सुशासन समितिमा बोलाइएको हो ।

१५ गतेको घटनाबारे जवाफ माग्न गृहमन्त्री लेखकलाई बोलाउने निर्णय भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

समिति सदस्यहरूले राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकलाई १५ गतेको घटनाबारे जवाफ दिनका लागि बोलाउनुपर्ने माग गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully