तीनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

The government will give Rs 10 lakh each to the families of Suresh and Savin, who lost their lives in the Three Kune protest

काठमाडौँ — चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । रिपोर्टिङका क्रममा तीनकुनेमा एक घरमा प्रदर्शनकारीले लगाएको आगोमा परेर सुरेशको मृत्यु भएको थियो । पोस्टमार्टम रिपोर्टमा जलेर मृत्यु भएको देखिएको छ । 

त्यस्तै काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउने कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको हो । 

कान्तिपुर

Link copied successfully