हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : रास्वपा सांसद गौतम

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

The winter session became control-oriented: RSVP MP Gautam

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छन् ।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रास्वपाको बुझाइमा यो अधिवेशन चुनौतिपूर्ण तथा नियन्त्रणमुखी रहेको बताइन् ।

उनले कानून निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासअनुसार स्वाभाविक रूपमा केही अगाडि बढेको महसुस गरे पनि, अन्य धेरै विषयहरू नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भएको धारणा राखिन् ।

रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएको निलम्बन प्रक्रियालाई पार्टीले नियन्त्रणमुखी महसुस गरेको उनले बताइन् ।

उनले भने, 'हाम्रो बुझाइमा यो अधिवेशन अत्यन्तै चुनौतिपूर्ण देखियो। कानून निर्माणका केही प्रक्रियाहरू स्वाभाविक रूपमा अगाडि बढेको महसुस गरिए पनि, धेरै विषयहरू नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भए भन्ने हाम्रो बुझाइ छ। हाम्रो पार्टी सभापति रवि लामिछानेमाथिको निलम्बन प्रक्रिया पनि नियन्त्रणमुखी लागेको छ। त्यसकारण, संसदको गएको अधिवेशन अभ्यासका हिसाबले निकै चुनौतिपूर्ण र नियन्त्रणमुखी भएको महशुस गरेका छौँ।'

सांसद गौतमले नेपालमा हरेक विषयलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने प्रवृत्तिप्रति आपत्ति जनाइन् ।

कान्तिपुर

Link copied successfully