आम माफी दिइएकोमा युएई सरकारप्रति कृतज्ञता व्यक्त

चैत्र १९, २०८१

रासस

Expressed gratitude to the UAE government for the amnesty

काठमाडौँ — सरकारले पवित्र महिना रमादान एवं ईद पर्वका अवसरमा एक सय ६६ जना नेपाली बन्दीलाई आम माफी दिइएकामा संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदम हार्दिकतापूर्ण द्विपक्षीय सम्बन्धको नमुना भएको जनाएको छ ।

अबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

रासस

Link copied successfully