पूर्वराजालाई योगेशको चेतावनी: के अब लुईँ चौधौंको टाउको काटेको ठाउँमा जान लागेको हो ?

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Yogesh's warning to the former king: Is he now going to the place where the head of the fourteenth was cut off?

काठमाडौँ — नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई छिनोफानो भइसकेको इतिहासलाई फेरि फर्काउन खोजेर बचेको शाख पनि नसक्याउन चेतावनी दिएका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताले फालिसकेको राजतन्त्र अब फर्किने सम्भावना नहरेकाले देशमा अराजक गतिविधि नगराउन अनुरोध गरेका छन् । 

फेरि राजतन्त्र फर्काएर लुईँ चौधौंको टाउको काटिएको ठाउँमा जान खोजेको हो? भन्दै पूर्व राजा शाहलाई चेतावनी दिए । उनले भने, ‘माननीयज्युहरुले फेरि छिनोफानो गरौं भन्नुभयो । तर म यहाँ भन्न चाहन्छु । इतिहासले छिनोफानो गरिसक्यो । फेरि अब के को छिनोफानो गर्ने? के अब लुईँ चौधौंको टाउको काटेको ठाउँमा जान खोजेको हो?’

यस्तै संविधानमै सनातन संस्कृति र धर्मलाई रक्षा गर्ने उल्लेख भएकाले यो देशमा हिन्दू राष्ट्र आवश्यक नहरेको स्पष्ट पारे । हिन्दू राजा र हिन्दू राष्ट्र चाहियो भन्दै बहुसंख्यक हिन्दूहरुको भावनामा नखेल्न चेतावनी दिए । 

यस्तै उनले तीनकुनेमा भएको घटनाका सम्बन्धमा निर्मल निवासबाट माला लगाएर लफङ्गाहरुलाई जनताको घर जलाउन पूर्व राजाले पठाएको आरोपसमेत लगाए ।  ‘अब पूर्व राजासँग कुनै सम्झौता हुँदैन । निर्मल निवासबाट माला लाएर लफङ्गाहरुलाई जनताको घर जलाउन पठाउनुभयो । त्यही कारण सम्झौता भंग भयो ।’

कान्तिपुर संवाददाता

Link copied successfully