काठमाडौँ — कांग्रेस सांसद रामहरि खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद् अवरुद्ध भएको बताएका छन् ।
आइतबार विपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा समस्या परेको बेलमा सांसदले एकताबद्ध भएर संसद्मा आफ्नो कुरा राख्न पाउने प्रचलनविरुद्ध प्रतिपक्ष लागेको बताएका हुन् ।
सभामुखले आपत्कालीन समय उपलब्ध गराउने भन्दा भन्दै प्रतिपक्षीले संसद् अवरुद्ध गरेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीले सोमबार संसद्मा जवाफ दिने भनेर सभामुखले जानकारी दिँदा पनि विपक्षीले संसद् चल्न नदिएको बताए ।
