सभामुखसँग प्रमुख सचेतकहरूको बैठक सकियो, विपक्षीकाे अडान कायमै

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

The meeting of the chief whips with the Speaker is over, the opposition's position remains

काठमाडौँ — प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले सोमबारको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका छन् । उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए । प्रधानमन्त्रीले आजै सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिए ।

सत्ता पक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

बैठकमा सभामुखले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‌मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरे । उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन अपिल गरे । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully