सत्तापक्ष र विपक्षी सांसदको होहल्लापछि प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

The meeting of the House of Representatives was adjourned for 15 minutes after the uproar of the ruling party and opposition MPs

काठमाडौँ — आइतबार सत्तापक्ष र विपक्षी सांसदको होहल्लापछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आज बिहान सवा ११ बजे बोलाइएको बैठक १ बजे मात्रै सुरु भएको थियो । बैठक सुरु भएलगत्तै दुवै पक्षका सांसदबीच चर्काचर्की भएको थियो । बैठकको प्रत्यक्ष प्रसारण भने गरिएको थिएन । सभामुखको सचिवालयले भने प्रावधिक समस्याका कारण प्रत्यक्ष प्रसारण नगरिएको दाबी गरेको छ ।  

सत्ता पक्षले शुक्रबारको घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीले संसद्‍मा जवाफ दिन पाउनुपर्ने माग राखेका थिए । विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विषयमा सरकारको जवाफ माग्ने अडान कायमै राखेका छन् । प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदको चर्काचर्कीबीच सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully