'तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपाट मच्चिने ! कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन ? देखियो नि । त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि ।'- सांसद बस्नेत
काठमाडौँ — कांग्रेस सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरीह बन्नुपरेको बताएका छन् । आइतबार संघीय संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद बस्नेतले राजावादी समूहका प्रदर्शनकारी कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको समेत उनको टिप्पणी छ ।
राजावादी राजनीतिक इच्छाका कारण नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गरे । उनले मान्छे नै मार्ने र निजी सम्पत्तिमा आगजनी तथा लुटपाट भएको अवस्थामा प्रहरीले साइत हेरेर बस्न नहुने बताए ।
'तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपाट मच्चिने ! कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन ? देखियो नि । त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि,' सांसद बस्नेतले भने ।
