काठमाडौं महानगरले काटेको जरिवाना पत्र निर्मल निवासले बुझ्न मानेन, अब के हुन्छ ?

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

Nirmal Niwas refused to understand the penalty letter issued by the Kathmandu Metropolitan City, what will happen next?

काठमाडौँ — काठमाडौं महानगरपालिकाले  पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना काटेको पत्र बुझाउन गएको महानगर प्रहरी बलको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।

शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा फोहोर गरेको सार्वजनिक संरचना तोडफोड गरेको भन्दै महानगरले ज्ञानेन्द्र शाहका नाममा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । शाहका नाममा महानगरले ८ वटा पत्र काटेको थियो । सोही पत्र बुझाउन गएको टोलीलाई गेटबाटै शाहको सचिवालयले फर्काएको हो ।

अब कसरी पत्र बुझाउनुहुन्छ त भन्ने इकान्तिपुरको प्रश्नमा महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, 'फिजिकल्ली पत्र नबुझेपछि हामी अर्को प्रक्रियामा जान्छौँ ।' प्रमुख पाण्डेले हुलाकमार्फत पत्र पठाउने तयारी गरिएको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully