राजावादीको हिंस्रक प्रदर्शनप्रति रास्वपाको आपत्ति, घटनाका दोषीलाई कारबाहीको माग

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

RSVP's objection to the violent demonstration of royalists, demand for action against those responsible for the incident

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले काठमाडौंको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । यसैगरी बैठकमा पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने निर्णय भएको छ ।

दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको समूहले शुक्रबार काठमाडौंका तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । सो क्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने एक जना पत्रकारको रिपोर्टिङकै क्रममा मृत्यु भएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारको गाडी समेत प्रदर्शनकारीले जलाएका थिए । 

कान्तिपुर

Link copied successfully