आजको हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता छैन : अध्यक्ष लिङदेन

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

RPP is not involved in today's violent activities: President Lingden

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज तीनकुनेमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता नभएको दाबी गरेका छन् । 

कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो पार्टीका मान्छेहरुको संलग्नता नभएको दाबी गरे । 'हाम्रो शान्तिपूर्ण प्रदर्शन हो, हाम्रा मान्छेहरु हिंसात्मक प्रदर्शनमा संलग्न छैनन् । त्यसको छानबिन हुनुपर्छ । त्यो सार्वजनिक हुने नै छ,' उनले भने । 

अध्यक्ष लिङ्देनले प्रदर्शनकारीको मागलाई वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गरे । 'सबै प्रकारका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सरकारलाई पनि संयमता अपनाउन र प्रदर्शनकारीको मागलाई राजनीतिक रुपमै सम्बोधन गर्न सरकारसँग माग गर्छु, दमनबाट होइन । वार्ता, संवादबाट समाधान खोज्न सरकारसँग आग्रह गर्छु,' उनले भने । 

राजावादीको आन्दोलनका क्रममा आज तीनकुनेमा भएको झडपका क्रममा पत्रकारसहित २ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् । निजी घर, पार्टी कार्यालय र सञ्चारमाध्यमको कार्यालयका भौतिक संरचनामा पनि क्षति पुगेको छ । 

कान्तिपुर

Link copied successfully