तीनकुनेमा झडप : सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ घाइते

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Clash in Three Corners: Both security personnel and protestors were injured

काठमाडौँ — तीनकुनेमा भएको झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । झडपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आन्दोलनकारीतर्फ घाइते भएको मानवअधिकारवादी संगठनहरूले जनाएका छन् ।

केही घाइतेको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ । तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको हो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

कान्तिपुर

Link copied successfully