काठमाडौँ — माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राजावादी प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि प्रहरी तैनाथ गरिएको छ ।
कार्यालयका प्रमुख सचिव गणेशमान पुनका अनुसार पार्टी कार्यालय परिसरमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ । 'आवश्यक सुरक्षाका लागि प्रहरी परिचालन भएको हो,' उनले भने ।
