रिट लिएर सर्वोच्च पुगे घिसिङ, दर्ता नभएकाले बिहीबार सुनुवाइ नहुने

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Ghising approached the Supreme Court with a writ, as it was not registered, it will not be heard on Thursday

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई पदबाट गैरकानुनी रूपमा हटाएको दाबीसहित कुलमान घिसिङ सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । उनको रिट भने दर्ता भएको छैन । रिट दर्ता नहुँदा बिहीबार भने सुनुवाइका लागि पेसी नचढ्ने भएको छ । 

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बुधबार साँझ (करिब ५ बजेको समयमा) घिसिङको रिट पेस भएको हो । 'उहाँको रिट पेस भएको छ । अध्ययनका क्रममा रहेको छ । अध्ययनपछि बिहीबार दर्ता प्रक्रियामा जान्छ,' उनले भने ।

घिसिङको रिट बुधबार दर्ता नभएकाले बिहीबार सुनुवाइका लागि पेसी नचढ्ने भएको छ । सुनुवाइका लागि अघिल्लो दिन नै पेसी चढ्नुपर्ने बताइएको छ । 

घिसिङलाई चार महिनाको कार्यकाल मात्र बाँकी रहेको अवस्थामा सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । उनको सट्टामा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।  

कान्तिपुर

Link copied successfully