कुलमानलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिनै हुन्न : नेता कोइराला

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

Congress should not take ownership of the decision to remove Kulman: Leader Koirala

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ दल कांग्रेसबाटै कुलमानलाई हटाउने निर्णयको विरोध भइरहेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उनलाई हटाउने निर्णय पार्टीको नभएको पनि बताएका छन् ।

यसैबीच नेता शेखर कोइरालाले पनि कुलमानलाई हटाउने निर्णयको स्वामित्व सरकारले नलिने बताएका छन् । नेता कोइरालाले उक्त निर्णय 'सरकारको कुशासनको निरन्तरताको अर्को कडी' भएको बताएका छन् । उनले लेखेका छन्, 'कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।'

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully