सत्तारूढ र प्रमुख प्रतिपक्ष दलका तीन शीर्ष नेता बैठकमा सहभागी हुँदै

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Three top leaders of the ruling and main opposition parties participating in the meeting

काठमाडौँ — सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको बैठक सोमबार अपराह्न सिंहदरबारमा बस्दै छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन कांग्रेस, एमाले, माओवादीका तीन शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने मुख्य तयारी छ । दुवै आयोग सम्बन्धित कानुन बने पनि पदाधिकारी नियुक्ति नहुँदा काम अघि बढ्न सकेको छैन । आयोग पदाधिकारी नियुक्तिमा तीन दलबीच भागबन्डा तयारी छ ।

त्यस्तै, तीन दलबीच राजावादीको प्रदर्शनले मुलुकमा ल्याएको तरंगबारे अनौपचारिक छलफल हुनेछ । संविधान, लोकतन्त्रको पक्षमा तीन दलबीच न्युनतम साझा धाराणा बनाउने उनीहरूको छलफलको विषय छ ।

एक नेताका अनुसार सरकारले  दैनिक सेवा दिन गति बढाउने, ठूला विवाद आउने निर्णय नगर्ने, राष्ट्रिय मुद्दामा प्रतिपक्ष दलसँग सहकार्य गर्ने नीति प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् । प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष दाहालले सरकारलाई राम्रो काम गर्न दवाव दिने, संघीय गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने, आवश्यक परे प्रमुख दलबीच साझा धारणा बनाउने नीति लिएका छन् ।

कान्तिपुर

Link copied successfully