लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाई निर्वाचित

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Chamlagai was elected as the president of the Democratic Disabled Association

काठमाडौँ — नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

गत शुक्रबार लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिबार मतदान भएको थियो। मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन्।

अर्का अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन्। यस्तै, उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समुहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

यस्तै, उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन्। उनले ३३९ मत प्राप्त गरेकी हुन्। यस्तै, महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन्। उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरुको पनि साथ थियो।

कान्तिपुर

Link copied successfully