काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई ४ वर्षअघि विश्वविद्यालय परिसरमा नै कुटपिट गर्नेमध्येका एक योगेन्द्र रावल प्रक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रावललाई कीर्तिपुरबाट प्रक्राउ गरी सजाय भुक्तानीका लागि डिल्लीबजार कारागार पठाएको हो ।
अदालतमा पेस गरी कारागार पठाएको सीआईबीका प्रवक्ता सुधिरराज शाहीले जनाए । उनलाई जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद सजाय र २० हजार जरिवाना हुने आदेश दिएको थियो । उच्च अदालत पाटनले समेत आदेश सदर गरेको थियो । रावल फरार प्रतिबादी रहेकाले प्रक्राउ गरि कारागार पठाएको शाहीले जनाए ।
यसअघि २०८० चैतमा चलाउनेमाथि आक्रमण गर्ने रविन लामालाई काठमाडौं प्रहरीले प्रक्राउ गरेको थियो । लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंले २०८० मंसिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो ।
न्यायाधीश विनोद खतिवडाको इजलासले मुद्दाका प्रतिवादीहरू लामासहित हरि आचार्य, रावल, रूपेश साह, निरज रानामगर र सयुज श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ उपदफा (५) बमोजिम २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको थियो । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । उपप्राध्यापक चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको थियो ।
उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोजमा नेविसंघका तत्कालिन इकाइ सभापित आचार्य, सचिव रावल लगायतको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । उनीहरूलाई कारबाहीको माग गर्दै चलाउनेले तीन वर्षदेखि संघर्ष गरिरहेका
