माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Honorable Minister, do not lose the country in the name of losing me: Mayor Balen

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् ।

मेयर बालेनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अव्यवस्थित बसोबास, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास कुरामै सीमित रहेको बताएका हुन् । 

उनले आफूलाई हराउने नाममा देशलाई नहराउन पनि उपप्रधानमन्त्री सिंहलाई आग्रह गरेका छन् ।  'माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देशचाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला,' मेयर बालेनले लेखेका छन् । 

कान्तिपुर

Link copied successfully