रवि लामिछानेले धरौटी आदेशविरुद्ध उच्च अदालत पाटनमा गराए निवेदन दर्ता

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

Ravi Lamichhane filed a petition in Patan High Court against the bail order

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको धरौटी माग आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो।

उक्त आदेश चित्त नबुझेको भन्दै बदरको मागसहित लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गरेका हुन् । उनले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन्।

लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको आरोप छ ।

कान्तिपुर संवाददाता

Link copied successfully