छाङरु पुग्ने घोडेटो बाटो निर्माणका लागि ५ करोड बजेट दिइसकेका छौँः प्रधानमन्त्री

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

We have given a budget of 50 million for the construction of the horse road to Changru: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङरु पुग्न घोडेटो बाटो निर्माण कार्य भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले स्थानीयहरूको माग बमोजिम सडक निर्माणका लागि पाँच करोड बजेट निकासा भएको बताए । उक्त मार्ग निर्माण पूरा भएपछि आफ्नो देशको भूभागमा जान छिमेकी देशको बाटो प्रयोग गर्न नपर्ने उनको भनाइ छ । 

उनले भने, ‘दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपटि नेपालका छाङरुलगायतका गाउँहरू छन् । नेपाल सरकारलाई थाहा छ छाङरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन । अहिले त्यससम्बन्धमा तत्कालका लागि अर्को देशको बाटो भएर जान नपरोस् आफ्नो देश आफ्नै बाटो भएर जान पाइयोस् भनेर त्यहाँका जनताले माग राख्नुभए बमोजिक तत्कालका लागि कति बजेट चाहिन्छ भन्दा पाँच करोड बजेट चाहिन्छ त्यति बेजेट भयो भने हामी घोडेटो बाटो बनाउन सक्छौँ त्यो बाटोले पारिपट्टि भएर जानुपर्दैन त्यसो भएर हामीलाई घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरूले भने बमोजिम पाँच करोड रकम निकास गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश विकट भएकाले नेपाली सेनामार्फत सबै सदरमुकामहरूमा सडकमार्ग पुर्‍याउने काम भइरहेको बताए ।

कान्तिपुर

Link copied successfully