आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

The Economic Procedures and Financial Responsibility Bill was passed by the majority in the House of Representatives

काठमाडौँ — प्रतिनिधिसभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएसँगै उक्त उक्त विधेयक पारित भएको हो ।

विधेयकमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेका थिए । तर दुई वटा बाहेक सबै संशोधनहरू बहुमतले अस्वीकृत भए । अब यस विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ । 

कान्तिपुर

Link copied successfully