काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पुल्चोक क्याम्पसमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएपछि स्वयं श्रेष्ठलाई भ्याइनभ्याइ छ । धेरैले उनको जीतको अर्थ खोतल्न खोजीरहेका छन् भने कतियपयले मूलधारका दलका भ्रातृ संगठनलाई उनले कसरी पराजित गर्न सके भनेर जान्न चाहिरहेका छन् ।
कान्तिपुरको भिडियो कुराकानीमा हामीले उनलाई यही कुरा सोध्यौं । उनले पछिल्लो दुई वर्ष स्ववियु सदस्यको रुपमा विद्यार्थीको पक्षमा काम गरेकाले नै आफुले मत पाएको बताए । भने, ‘कुनै पनि व्यक्ति छान्न मुख्य दुई कुराले भूमिका खेल्दो रहेछ । उसको विचार के छ ? उसको पृष्ठभूमि के छ ? भन्ने कुरा महत्वपूर्ण रहेछ । विद्यार्थी स्वतन्त्र, आत्मनिर्भर हुनुपर्छ ।’ राजनीतिक परिवर्तन चाहिन्छ भने आफूबाट परिवर्तन गर्नुपर्छ भनेर स्वतन्त्र रुपमा उम्मेदवार बताउँदै उनले थपे, ‘मेरो उम्मेदवारी अनुमोदन भएको छ ।’
उनले चुनावका क्रममा आफुले पार्टीको भातृ संगठन किन चाहियो भनेर जोडदार रुपमा कुरा उठाएको प्रसंग सुनाए । त्यसैले यसले जित्यो भने शैक्षिक वातावरणमा के फरक पार्छ भन्ने कुरा विधार्थीहरुले बुझेकाले आफुले मत पाएको पनि उनले बताए । उनले विगतमा क्याम्पसमा विद्यार्थी संगठनका प्रतिनिधि चयन भएपनि तर ती विद्यार्थीका नभएको टिप्पणी गरे । उनले भने, ‘उनीहरु विद्यार्थीका नेताभन्दा पार्टीका नेताका भइरहेका छन् ।’
विधार्थी संगठनहरुको भूमिका, दलको भातृ संगठनको रुपमा रहेका विधार्थी संगठनहरुको औचित्य र विधार्थी राजनीतिको आवश्यकताका बारेमा उनले कान्तिपुरसँग विचार साटेका छन् । उनको पृष्ठभूमी , राजनीतिबारेको बुझाई र भविष्यको योजनाबारे जान्न पुरै भिडियो हेर्नुहोस ।