आर्थिक असमानता र जलवायु संकटको दोहोरो चुनौतीसँग जुध्दै नेपाल

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Nepal is grappling with the twin challenges of economic inequality and climate crisis

काठमाडौँ — सरोकारवाला निकायले नेपाल आर्थिक असमानता र जलवायु संकटको दोहोरो चुनौतीसँग जुधिरहेको बताएका छन् ।

राजधानीमा सोमबार आयोजित ‘ट्याक्स जस्टिस फर अर्जेन्ट क्लाइमेट एक्सन्स् एन्ड इक्विटेबल एन्ड जस्ट ट्रान्जिसन’ कार्यक्रम अर्थशास्त्री र नीति निर्माता तथा सरोकारवाला निकायले नेपाल आर्थिक असमानता र जलवायु संकटको चुनौतीमा रहेको बताएका हुन् ।

सो अवसरमा अर्थशास्त्री डा.डिल्लीराज खनालले नेपालको हालको कर नीतिले निम्न आम्दानी भएका वर्गलाई अत्यधिक भार पुर्‍याउने काम गरिरहेको बताए । यसले असमानता बढाउने र जलवायु न्यूनीकरण रणनीतिमा लगानी गर्न आवश्यक वित्तीय क्षमता पनि कमजोर बनाउने टिप्पणी गरेका थिए । 

यसैगरी राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले यसको सुधार आवश्यक भएको बताइन् । साथै प्रगतिशील कर प्रणाली समानताको कुरा मात्र नभई नेपालको दिगो विकासको आवश्यक सर्त रहेको भनाइ राखिन् । 

नेपालको बढ्दो असमानता र प्रगतिशील कर सुधारको आवश्यकतामाथि छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । जसमा उनीहरूले नेपालमा कर प्रणालीमा सुधार नगरे असमानता अझ बढ्ने बताएका छन् । यतिमात्र नभई नेपालको वर्तमान कर प्रणालीले गरिब र निम्न आम्दानी भएका व्यक्तिलाई अझ भार थप्ने र सम्पन्न तथा ठूला संस्थालाई भने लाभ प्रदान गर्ने बताएका हुन् । 

कान्तिपुर

Link copied successfully