२५ करोडसहित समातिएका लामा सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए

चैत्र ५, २०८१

विवेक पोख्रेल

Lama, who was caught with 25 crores, spent 5 years in jail for gold smuggling

काठमाडौँ — काठमाडौंको टोखाबाट २५ करोड रुपैयाँसहित पक्राउ परेका कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि ५ वर्ष जेल बसेको खुलेको छ ।

ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकमा लुकाएर राखिएको २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँसहित उनलाई गएराति प्रहरीले टोखा नगरपालिका-२ झोरबाट पक्राउ गरेको थियो । लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का हुन् ।

'क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई सबै रकम त्यहीँ लुकाएर राखिएको अवस्थामा बरामद गरेका हौं,' आज पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले भने । प्रहरीले उनीबाट अमेरिकी डलर र युरो बरामद गरेको हो । गाडीका चालक रहेका उनी एक्लै थिए ।Lama, who was caught with 25 crores, spent 5 years in jail for gold smuggling

सुन तस्करीमा २०७३ पुस १३ मा समातिएका लामा ५ वर्ष जेल बसेको एसएसपी बस्नेतले बताए । 

लामाले चलाएको गाडी उनको आमाको नाममा रहेको प्रहरीको भनाइ छ । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully