गाजामा इजरायली आक्रमण: मृतकको संख्या २२० पुग्यो

चैत्र ५, २०८१

एजेन्सी

Israeli attack on Gaza: death toll reaches 220

जेरुसेलम — मंगलबार गाजामा इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी अहिलेसम्म २२० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । 

गाजाका अधिकारीका अनुसार मृत्यु हुनेहरुमा गाजा क्षेत्रमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेका छन् । इजरायलले हमासका क्षेत्रहरु र उनीहरु बसेका सम्भावित संरचनाहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ । 

इजरायलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन्।

इजरायली प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा पहिलो चरणको युद्धविराम प्रस्ताव अस्वीकार गरेकाले आक्रमण गरेको बताइएको छ । 

हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ।

एजेन्सी

Link copied successfully