परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता  

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Bilateral talks between Foreign Minister Deuba and Indian Foreign Minister

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । 

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरुबीच नेपाल-भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देश बीचका साझा चासो र पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । 

भेटका क्रममा मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी थिइन् । नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणहरुको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि भेटमा कुराकानी भएको थियो ।

कान्तिपुर

Link copied successfully