स्ववियु निर्वाचनमा ६५ प्रतिशत मतदान

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

65 percent voter turnout in SWIU elections

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ३८ आंगिकसहित करिब ३ सय सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । 

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार ६५ प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएको प्रारम्भिक अनुमान छ । १८ आंगिक क्याम्पसमा भने निर्वाचन हुन सकेका छैनन् । यी क्याम्पसमा तत्काल निर्वाचन गर्न त्रिविले निर्देशन दिएको छ । 

काठमाडौं उपत्यकाका २२ मध्ये ११ क्याम्पसमा पनि निर्वाचन हुन सकेन । काठमाडौंका आरआर, त्रि-चन्द्र, पाटन, पद्यकन्या, अस्कल, सरस्वती, पब्लिक युथ, विश्वविद्यालय क्याम्पसमा नै निर्वाचन हुन नसकेको हो । 

पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि निर्वाचन हुन सकेन । पृथ्वीनारायणमा बुधबार, पद्यकन्यामा बिहीबार र विश्वविद्यालय क्याम्पसमा शुक्रबार निर्वाचन हुने कार्यतालिका घोषणा गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully