आजको मौसम पूर्वानुमान : कोशी र मधेसमा हुरीबतासको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Today's weather forecast: Chance of storm in Koshi and Madhes

काठमाडौँ — आज कोशी र मधेश प्रदेशका केही ठाउँहरूमा हुरीबतासको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । 

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

कोशी र मधेस प्रदेशका केही स्थानमा भने हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कान्तिपुर

Link copied successfully