काठमाडौँ — काठमाडौंको त्रिचन्द्र क्याम्पसमा सत्तारुढ कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले ताला लगाएको छ । स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्र क्याम्पसको प्रवेश ढोकामा नै नेविसंघले ताला लगाएको हो ।
ताला लगाउने नेविसंघबाट स्ववियुका उम्मेदवार रहेका छन् । नेविसंघबाट स्ववियु सभापति पदका उम्मेदवार विवेक बानियाँ समूहले क्याम्पसमा ताला लगाएको हो । स्ववियु निर्वाचन समितिले आफ्ना माग नजरअन्दाज गरेको र बैठकमा सहभागि नगराएको आरोप ताला लगाउने पक्षको छ ।
आफ्ना माग पुरा नगरी एकलौटी तरिकाले स्ववियु निर्वाचन गराए थप आन्दोलन गर्ने उक्त समूहको चेतावनी छ ।
आफ्ना माग पूरा नगरिए क्याम्पस प्रमुख र निर्वाचन समितिका पदाधिकारीलाई क्याम्पस प्रवेशमा रोक लगाउने उक्त समुहको भनाइ छ ।
