केयूको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Achyut Wagh appointed as Vice-Chancellor of KU

काठमाडौँ — काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उनलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय डाकिएको छ । नियुक्तिपत्र आजै दिइने मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीले बताए ।

माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए । २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिष्ट्रार नियुक्त गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully