केयूमा यथाशीघ्र उपकुलपति नियुक्ति गर्न नेपाल प्राध्यापक संघको माग

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Demand of Nepal Professors Association to appoint Vice Chancellor in KU as soon as possible

काठमाडौँ — देशभरका प्राध्यापकहरूको साझा संस्था नेपाल प्राध्यापक संघले योग्यता, वरिष्ठता र कार्य क्षमताको आधारमा काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति लगायत विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न माग गरेको छ । 

संघका अध्यक्ष प्रा. रमेशकुमार जोशी र महासचिव नरेन्द्रप्रसाद सिवाकोटीले आइतबार विज्ञप्ति जारी गर्दै विश्वविद्यालयहरुमा यथाशीघ्र पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन् । काठमाडौं विश्वविद्यालयको उपकुलपति, विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिव, नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष, राजर्षि जनक विश्वविद्यालय सेवा आयोग अध्यक्ष, खुला विश्वविद्यायको पदपूर्ति समितिको अध्यक्षलगायतका पद लामो समयदेखि रिक्त रहेकोमा संघको ध्यानार्कषण भएको जनाएको छ ।

उपकुलपति नियुक्तिका विषयमा विज्ञप्ति जारी गर्दा केयु प्राध्यापक संघका अध्यक्ष विकास अधिकारीप्रति दबाव र त्रास सिर्जना गरेमा समेत नेपाल प्रध्यापक संघले ध्यानार्कषण भएको जनाएको छ ।

गत फागुन १८ गते प्रकाशित गरेको विज्ञप्तिलाई लिएर अधिकारीलाई धम्कीपूर्ण सन्देशबाट त्रास र दबाब सिर्जना गरिएको संघले जनाएको छ ।

केयू प्रध्यापक संघले प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा विश्वविद्यालयको समस्या बुझेको, उच्च प्राज्ञिक क्षमता भएको, विश्वविद्यालय सञ्चालन गर्न आर्थिक स्रोत जुटाउन सक्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने, उपकुलपति केयूमा नियुक्ति हुनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । नेपाल प्राध्यापकले संघले दबाब र त्रास सिर्जना हुने कार्य पुनः दोहोरिए कठोर कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ । 

Demand of Nepal Professors Association to appoint Vice Chancellor in KU as soon as possible

कान्तिपुर

Link copied successfully