पूर्वविशिष्टलाई सुविधा दिने कानुनको मस्यौदा बेमौसमी बाजा हो : दाहाल

चैत्र २, २०८१

कान्तिपुर संवाददाता

Draft law to facilitate ex-pats is unseasonable: Dahal

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राज्यका पूर्वविशिष्ट व्यक्तिहरूलाई सुविधा दिनका लागि कानुन निर्माण गर्नुको औचित्य नभएको बताएका छन् । 

समाजवादी मोर्चा, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष दाहालले संसद् र राजनीतिक दलबीच छलफल नभएको बताए ।

'त्यो मस्यौदा अहिले बेमौसमको बाजाजस्तो किन गरेको होला भनेर हामीले पार्टीभित्र पनि भनिसकेका छौं ।यो अहिले जरुरी कुरा होइन,' दाहालले भने, 'यसले प्रतिक्रियालाई जन्म दिने कुरामात्रै हो, यो अहिलेको आवश्यकता होइन ।'

पूर्वविशिष्टलाई आजीवन सेवा र सुविधा दिनका लागि सरकारले कानुन निर्माण गर्न लागेको भन्ने सार्वजनिक भएको छ । तर, प्रतिपक्षी दलसँग त्यसबारे छलफल नभएको दाहालले बताए । 'अहिले विशिष्ट श्रेणीलाई के-के दिने भन्नेबारे राजनीतिक दल र संसद्‌मा पनि छलफल भएको छैन,' उनले भने । 

कान्तिपुर

Link copied successfully