आज तराईका जिल्लाहरूमा होली मनाइँदै

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

Today, Holi is being celebrated in Terai districts

काठमाडौँ — रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।

आज मधेश प्रदेशका जिल्लाहरूसँग तराईका पूर्वदेखि पश्चिमसम्मका जिल्लाहरूमा होली मनाइन्छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।  

पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा भने आज सार्वजनिक बिदा दिइएको छ । होलीलाई लक्षित गरी विभिन्न ठाउँमा विभिन्न मेला तथा महोत्सवहरू आयोजना गरिएका छन्। 

होलीमा अवाञ्छित गतिविधि रोक्न प्रशासनले तराईका जिल्लाहरूमा सुरक्षा सतर्कता बढाएको छ । अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले विशेष सुरक्षा योजनासहित परिचालन गरेको छ ।

कान्तिपुर

Link copied successfully