सोचेअनुसारको काम गर्न सकेको छैन : मन्त्री गुरुङ

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Work has not been done as expected: Minister Gurung

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मन्त्री बनेको ४/५ महिना भएको जस्तो आफूलाई लागे पनि ८ महिना पुगेको तर सोचेअनुसारका योजना अघि बढाउन नसकेको बताए । ‘मन्त्री बनेको आज ८ महिना भइसकेछ । बितेकै थाहा छैन । ४/५ महिना भयो होला जस्तो लागेको थियो । अस्ति पो ८ महिना पुगिसक्यो । असारको ३१ गते मन्त्री भएको भन्छन् । यो ८ महिनामा सिन्कै भाँच्न सकेको छैन त म भन्दिनँ । तर खोजेको परियोजना भएन,’ उनले भने, ‘म आफैंले आफैंलाई रिभ्यु गर्दा । टेलिकम इन्डस्ट्री राम्रोसँग अघि बढाउनु पर्नेछ । आईटी इन्डस्ट्री पनि व्यवस्थित र राम्रो बनाउनुपर्छ ।’

मन्त्री गुरुङले जनताको सूचनाको हक प्रवर्धन, जनताको अभिव्यक्ति स्वतन्त्रता अभिवृद्धि गर्ने कुरामा कुनै सम्झौता नहुने बताए । उनले सामाजिक सञ्जालबाट हुने अपराधपूर्ण कामहरुलाई नियन्त्रण गर्न सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully