प्रतिनिधिसभामा गणपूरक संख्याबारे प्रश्न उठेपछि...

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

After the question about the quorum in the House of Representatives...

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक संख्यामाथि प्रश्न उठेको छ । यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक संख्या पुगेको यकिन भएको छ ।

बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सदनमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न उपस्थित सदस्य संख्याको एक चौथाइ हुनुपर्ने उल्लेख गर्दै संख्या यकिन गर्न आग्रह गरेका थिए ।

उनले संख्या नपुग भएको भनी प्रश्न उठाएपछि उपसभामुख इन्दिरा रानाले तीन मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिइन् । जनाउ घण्टीपछि उपसभामुख रानाले हालको संख्याअनुसार एक चौथाइ संख्या ६९ हुनुपर्नेमा उपस्थित संख्या ९५ रहेको यकिन भएको जानकारी गराउँदै बैठक कारबाही अघि बढाएकी थिइन् ।

कान्तिपुर

Link copied successfully