काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमाले सचेतक सुनिता बरालले जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउनका लागि पब्लिक इस्यु रिसर्च सेन्टर स्थापना गर्न माग गरेकी छन् ।
सरकारको नेतृत्व गरिरहेको एमाले सुनिता बरालले जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउनका लागि पब्लिक इस्यु रिसर्च सेन्टर स्थापना गर्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको शून्य समयमा सांसद बरालले जनप्रतिनिधिहरूको मनोविज्ञान तथ्यगत, लोकप्रिय काम गर्ने, आवश्यकताका आधारका कामहरुलाई प्राथमिकीकरण गर्ने भन्दा चर्चा बटुल्ने खालको रहेको उल्लेख गरिन् । जनप्रतिनिधिले चर्चा बटुल्ने खालका अभ्यासमा बढी आफूलाई अल्मल्याउँदा काम प्रभावित भइरहेको भन्दै बरालले पब्लिक इस्यु रिसर्च सेन्टर जरूरी रहेको बताइन् ।
'संसद् सचिवालयले पनि थप विश्वसनीय र प्रभावकारी काम गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ भने आज नेपाल सरकारले पब्लिक इस्युलाई रिसर्च सेन्टरका माध्यमबाट केन्द्रिकृत गर्ने र पब्लिक इस्यु रिसर्च सेन्टर स्थापना गरेर कानुन निर्माणसँग समन्वय गर्दै थप प्रभावकारी काम गर्नका लागि ध्यानाकर्षण गराउन चाहन्छु,' बरालले भनिन् ।
