गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

A check dishonor case is not registered on the basis of writing the wrong amount: Vice President Shrestha

काठमाडौँ — नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन् ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले चेकमा गलत रकम लेखिएको छ भने सच्याउनका लागि समय तोकिएको स्मरण गराए । गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ ।

उनले भने, ‘चेकमा गलत रकम लेखेकै कारणले चेक अनादरमा पर्दैन । चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ । त्यसकारण गल्ती छ भने त्यो समयमा सच्चिहाल्छ ।’

उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरीवाना गर्ने/नगर्ने लगायतका विषयमा कानुनी व्यवस्था भइसकेको बताए ।

कान्तिपुर

Link copied successfully