संसद्‍मा उठ्यो सिरहामा भारतीयलाई नागरिकता दिइएको विषय 

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

The issue of citizenship being given to Indians in Siraha was raised in Parliament

काठमाडौँ — सिरहाको नरहा गाउँपालिका-३ मा भारतीय नागरिकलाई नागरिकता दिइएको विषय संसद्‍मा उठेको छ । जसपा नेपालका सांसद राजकिशोर यादवले सिरहामा नागरिकता बेच्ने काम भएको भन्दै मंगलबार संसद्‍मा आपत्ति जनाएका हुन् ।

तर, यस विषयमा जिल्ला प्रशासनदेखि अख्तियार र गृह मन्त्रालयसम्म उजुरी पर्दा पनि दोषीलाई कारबाही नभएको भन्दै उनले आक्रोश पोखे । सत्ताधारी पार्टी एमालेका वडाध्यक्ष भएकै उनलाई उल्टै संरक्षण मिलिरहेको उनले गुनासो गरे ।

'अब सरकारले बेच्न केही बाँकी रहेन,' उनले भने, 'सिरहामा वडाध्यक्षले नागरिकता बेचेका छन्, तर उजुरी परे पनि उनी सत्ताधारी पार्टीको भएकोले अहिलेसम्म कारबाही हुन सकेको छैन ।

कान्तिपुरले मंगलबार नै जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई नागरिकता उपलब्ध गराएको समाचार प्रकाशित गरेको थियो । मोसताक भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका बासिन्दा हुन् । 

वडाध्यक्ष रुषतम अन्सारीको सिफारिसका आधारमा जिल्ला प्रशासन सिरहाले २०८० असार २६ मा मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरेको थियो । 

कान्तिपुर

Link copied successfully