जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन : महामन्त्री थापा

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

People's anger cannot be ignored: Chief Minister Thapa

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको आक्रोशलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गर्दै असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै महामन्त्री थापाले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुने उल्लेख गरे। उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको समेत खण्डन गरे। उनले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गरे।

उनले भने, ‘जनता असन्तुष्ट छन्। असन्तुष्ट भएका जनतामा आक्रोश छ। आक्रोशलाई नजरअन्दाज गर्नुहुँदैन भन्ने कुरा म पनि मान्दछु। केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नुहुँदैन। जसले व्यवस्था परिवर्तनको लागि हामीलाई साथ दियो। जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ उनीहरुसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु। तर वर्तमान सरकार आएसँगै उनीहरु रिसाएका हुन् भन्ने कुरामा चाँही कतै पनि चित्त बुझाउने ठाउँ छैन।’

उनले व्यवस्थाको सुदृढिकरणका लागि संविधानका पक्षधरहरुबीच समझदारी हुन आवश्यक रहेको समेत बताए।

कान्तिपुर

Link copied successfully