राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

RPPA paid a fine of one lakh to Kathmandu Metropolis

काठमाडौँ — काठमाडौं महानगरले तोकेको जरिवाना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुझाएको छ । राप्रपाले आज  महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको हो । 

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट परिसर, तिलगंगा, गौशालालगायत क्षेत्रमा फोहोर गरिएको भन्दै काठमाडौं महानगरले जरिवाना तोकेको थियो ।

राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले फेसबुकमा तस्बिर राख्दै लेखेका छन्, 'हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं l रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं ।'RPPA paid a fine of one lakh to Kathmandu Metropolis

महानगरले आइतबार पत्र पठाउँदै ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आइल्यान्ड र सोमा रहेका बिरुवा साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेकामा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको' उल्लेख गरेको थियो ।

याे पनि पढनुहाेस

फोहोर गरेको र सडक संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई महानगरले ताेक्यो १ लाख जरिवाना

कान्तिपुर संवाददाता

Link copied successfully