मंगलबार माओवादी अध्यक्ष दाहालले संसद्‍मा सम्बोधन गर्ने 

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Maoist Chairman Dahal will address the Parliament on Tuesday

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

'पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसदमा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ,' मुख्य सचेतक बर्तौलाले बताए । 

त्यस्तै दलहरूबीच लोकतन्त्र र गणतन्त्रविरुद्ध 'अराजकतावादी' शक्तिहरूले गरेका गतिविधिलाई संसद्‍ले पनि ख्याल गर्नुपर्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।

त्यस्तै संसद्‍बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully